लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

पाेखरा | बैशाख ३, २०८२

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

पोखरा:    सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम लमजुङको वेशीसहरमा गुञ्जिएको छ ।

 

पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को थर्ड एडिसन वेशीसहरमा उत्साहजनक सहभागितामा सोमबार साँझ सम्पन्न भएको हो ।

 

वेशीसहर युथ सोसाइटी सेरा लमजुङले रक्त अभावको समस्याको स्थायी समाधान खोज्नका लागि ब्लड डोनर्स एप्स निर्माणार्थ ‘हाम्रो संगीत हाम्रो अभियान, रत्तदाताको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६ वटा राष्ट्रिय व्याण्ड एउटै स्टेजमा गुञ्जिए ।

 

नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वेशीसहरमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।

 

पानी परेपछिको खुलेको सोमबार साँझ लमजुङको वेशीसहरमा दर्शकहरु रमाइलो गर्ने मूडमा थिए । कार्यक्रमको साक्षी बस्न र ऐतिहासिक पललाई स्वर्णिम बनाउन युवायुवतीहरुको भीड थियो । सांगीतिक उत्सवमा जब कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम लिन्थे, उनीहरु समर्थनमा हुटिङ बजाउँथे । अनि व्याण्डहरुको गीत बज्दै जाँदा तालमा ताल मिलाउँदै गाउँथे र नाच्थेपनि ।

 

समयको पावन्दीले आफ्नो समयका हिट हिट गीतमात्र गुञ्जाउँदा दर्शक गीत, संगीतमा लठ्ठिए । डि–मर्चाले ‘शिवजीको बस्ती छ’ गाउँदा होस् वा ‘झ्याम्म झ्याम्म’ गाउँदा दर्शक कम्मर मर्काईमर्काई नाचे । अन्तिममा प्रस्तुती दिएको डिमर्चालाई थप गीत गाउन हुटिङ आईरह्यो तर समय पावन्दीले दर्शकको धित नमारी कार्यक्रमको बिट मार्नुपरेको थियो ।

 

त्यसअघि लेकाली व्याण्डले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका हिट हिट गीतहरु गाउँदा दर्शकको वान्समोरको हुटिङ पाईरह्यो । अर्का लेजेण्डरी गायक कर्णदासको मध्याह्न व्याण्डले सोँच्दासोंच्दै होस् वा ‘मनमनै मनपराई सकेछु’ ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शक नोस्टाल्जिक भए ।

 

ब्रोसिस व्याण्डले ‘चाईना कम्पनी’, देउराली व्याण्डले ‘ढुंगेसाँघुको मेलामा’ र भेगाबोण्ड व्याण्डले ‘जीवन हो घामछायाँ’लगायतका चर्चित गाउँदा लयमा लय र तालमा ताल नमिसाउने कोहि थिएनन् ।

 

कार्यक्रममा कोहि आफू सुन्दै हुर्किएका गीत सुन्न आएका थिए त कोहि ‘बा’ पुस्ताको सदाबहार गीत सुन्न आएका थिए । आफूहरुको उद्देश्य अनुसार नै युवा, अधवैंशे र बा पुस्तालाई सांगीतिक उत्सवमा समेट्ने प्रयास वेशीसहरमापनि सफल भएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए । उनले भने,‘जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लेओस् । नया पुस्ताले बा पुस्ताको गीत सुनेर त्यो समय बुझोस भन्ने हो, त्यसमा हामी सफल भएका छौं ।’

 

‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत ब्लड डोनर्स एप्स निर्माण गर्ने पवित्र उद्देश्य राखेर वेशीसहरमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘सांगीतिक विरासत फर्काउनका लागि योगदान दिन पाउनु अहोभाग्य हो । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद’–उनले भने ।

 

‘व्याक टु नाइन्टिज’को आगामी अभियान विराटनगर, भक्तपुर, र चितवनमा हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।

 

कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ ।

 

अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्